बाल सङ्गठनको जग्गा प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी

१ हप्ता अगाडि

काठमाडौँ- नक्सालस्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा राई स्कुलका प्रिन्सिपलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रिन्सिपल कीर्ति प्रसाद पाण्डेलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको सीआईबीका एक जना अधिकृतले बताए ।

पाण्डे वृहस्पति विद्या सदनको सञ्चालक समिति सदस्य र सेयर होल्डर हुन् । बाल मन्दिरका पूर्व पदाधिकारीले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा जग्गा भाडा सम्झौता गरेर ठगी गरेको आरोप छ । वृहस्पति विद्या सदनले पूरक सम्झौता गरेर राई स्कुललाई पनि जग्गा दिएको छ ।

जग्गा प्रकरणमा पाण्डे सहित २० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया