सिमरा उपमहानगरद्धारा विद्युतीय माध्यमबाट ठेक्का लगाएर करिब २२ करोड बचत

१ हप्ता अगाडि

काठमाडौँ- जीतपुर सिमरा उपमहानगरले चालु आर्थिक वर्षमा विद्युतीय माध्यमबाट ठेक्का लगाएर करिब २२ करोड बचत गरेको छ । उपमहानगरले  चालु आर्थिक वर्ष २०८०/०८१ मा विद्युतीय माध्यमबाट ठेक्का आह्वान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैयाँ बचत गरेको हो ।

चालु आर्थिक वर्षमा नगर प्रमुख राजन पौडेलको विशेष निर्देशनमा ४३ वटा विभिन्न शीर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाँको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आह्वान गरेको थियो । जसमा ठेकदार कम्पनीले भ्याट सहित ४० करोड २० लाख ८२ हजार ६ सय ५१ रुपैयाँमा योजनाको ठेक्का कबोल गरेका थिए । उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा कुल लागतको ३५.२४ प्रतिशत रकम बचत गरेको देखिन्छ । त्यस्तै उपमहानगरपालिकाले ८ वटा शीर्षकमा गरिएको १३ करोड ४३ लाख ४ सय ४४ रुपैयाँको बोलपत्र आह्वानमा ठेकदार कम्पनीले १ करोड १ लाख ४७ हजार ९ सय ५८ रुपैयाँमा घटेर कबोल गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत शिवजी साहले जनाएका छन् । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा पारदर्शी ढङ्गले व्यावसायिक निर्माण कम्पनीहरूले काम पाएको जनाएको छ ।  ठेक्का मार्फत काम हुँदा कामको गुणस्तर राम्रो हुने उपमहानगरको दाबी छ । विद्युतीय माध्यमबाट बोलपत्र आह्वान गर्दा दीर्घकालीन रूपमा राम्रो प्रभाव हुने र नगरपालिकाको भौतिक विकास सँगै आर्थिक उन्नति हुने सम्भावना प्रबल रहेको जानकारहरू बताउँछन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया