नेपालसहित बंगलादेश र श्रीलंकाको बैङ्किङ करियरमा महिलालाई चुनौती छ : आईएफसी

१ हप्ता अगाडि

काठमाडौँ - इन्टरनेशनल फाइनान्स कर्पोरेसन (आईएफसी) ले नेपालसहित दक्षिण एसियाली मुलुक बंगलादेश र श्रीलंकामा बैङ्किङ क्षेत्रमा महिलाको नेतृत्वदायी भूमिकाका लागि निकै चुनौतीपूर्ण रहेको जनाएको छ । आईएफसीले गरेको एक अध्ययनले दक्षिण एसियाली मुलुक नेपाल, बंगलादेश र श्रीलंकाका कम्तीमा २० वटा वाणिज्य बैंकमा महिलाहरूलाई नेतृत्व तहको भूमिकामा जान विभिन्न पक्षले रोकेको देखाएको हो ।  

विश्वव्यापी रूपमा, जुन मुलुकको बैङ्किङ करिअरको नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता भएको त्यस्तो बैंकको राम्रो जोखिम व्यवस्थापन अभ्यासहरू भएको र उच्च नाफा कमाएको उदाहरण हुँदाहुँदै पनि दक्षिण एसियाली केही मुलुकहरूमा महिलालाई नेतृत्वमा जान रोकिएको आईएफसीको रिपोर्टमा उल्लेख गरिएको छ । उदयमान मुलुक भइकन पनि यी देशहरूमा विभिन्न कारणहरुले महिलाहरूलाई उच्च तहको नेतृत्वमा जान रोकेको आईएफसीको भनाइ छ ।

खासगरी असमान भर्ती, निष्पक्ष मूल्याङ्कनको अभाव, सामाजिक सांस्कृतिक अवरोधहरू र महिलाको तुलनामा पुरुषहरूलाई नै प्राथमिकता दिने गर्नाले महिलाहरू पछि परेको देखिएको आईएफसीले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । आईएफसीले विश्वव्यापी प्रमाण र आधारहरूमा टेकेर दक्षिण एसियाली मुलुकका बैङ्कहरूमा समान रूपमा विविधता र समावेशी अभ्यासहरूमार्फत अध्ययन गरेको जनाएको छ । 

अन्य क्षेत्रहरुमा जस्तै बैङ्किङ क्षेत्रमा पनि महिलाहरूलाई व्यावसायिक समर्थन र सल्लाह प्रदान गर्ने, उनीहरूलाई अनौपचारिक व्यावसायिक नेटवर्किङमा पहुँच गर्न मद्दत गर्ने र वस्तुनिष्ठ मूल्याङ्कन सुनिश्चित गर्ने हो भने महिलाहरू सक्षम रहेको उनको भनाइ छ । तथापि महिलाको सवालमा केही लचिलो नीति, काम गर्ने समयमा केही सहजता र सुविधा प्रधान गर्ने हो भने महिलाहरूले पनि पुरुष सरह नै सफलता प्राप्त गर्नेमा कुनै शङ्का नरहेको आईएफसीको भनाइ छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया