डढेलो र आगलागी पीडितलाई राहतको व्यवस्था गर्न कांग्रेसको माग

१ हप्ता अगाडि

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

आज बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाहरूप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो । 

आगलागी र डढेलोबाट पीडितहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए । त्यसैगरी बैठकले डढेलो तथा आगलागीबाट पाइप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया