१० जनालाई केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा ३ जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - नेपालबाट १० जना युवा युवतीलाई ‘अमेरिका पठाउँछौँ’ भनेर केन्यामा लगेर बन्धक बनाएर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । उनीहरुले अवैध बाटोबाट अमेरिका र क्यानडा पठाउँछौँ भनेर पीडितहरूलाई केन्याको नैरोबीमा पुर्‍याएका हुन् ।


पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सिदुर्चे गाउँपालिका–२ घर भएर गोकर्णेश्वर बस्ने ४३ वर्षीय ङिमवटी शेर्पा, १९ वर्षीय निमा शेर्पा र भोटेकोसी गाउँपालिका–२ घर भएर बुढानीलकण्ठ बस्ने ४७ वर्षका टासी शेर्पा छन् ।  उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीले  बताए ।अरुण तामाङ सहितका १० जनालाई उनीहरूले केन्याको नैरोबी हुँदै जिम्मरमान भन्ने ठाउँमा पठाएर बन्धक बनाएका हुन् । 

१ हप्ता अगाडि

प्रतिक्रिया