रुखको हाँगा काट्दा पसले कारबाहीमा

१ हप्ता अगाडि

काठमाडौँ - ललितपुर महानगरपालिकाले भैँसेपाटीको एक मासु पसललाई ५ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  

सडक छेउमा रोपेको रुखको हाँगा काटेर बाख्रालाई खुवाएको पाइएपछि महानगरपालिकाले जरिवानाबापत  पाँच हजार जरिवाना तिराएको हो ।  महानगर प्रहरी गस्तीमा हिँडिरहेको अवस्थामा रुखको हाँगा काटेर बाख्रालाई खुवाएको देखेपछि जरिवाना तिराइएको महानगर प्रहरी प्रमुखले बताए ।

१ हप्ता अगाडि

प्रतिक्रिया