नेष्डो समृद्ध लघुवित्तको नाफामा ६८ प्रतिशतको गिरावट

१ हप्ता अगाडि

काठमाडौँ - नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको नाफामा  भारी अंकको गिरावट आएको  छ ।

तेस्रो त्रैमाससम्म संस्थाको नाफा ६८.४९ प्रतिशतले घटेको हो । संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको देखाएको छ । संस्थाले गत आर्थिक वर्षको यो अवधिमा १४ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको थियो । 

संस्थाले चालु आर्थिक वर्षको चैतसम्ममा १९ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यो अवधिमा भने २७ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। सोही अवधीमा कम्पनीले संस्थाको कुल निक्षेप संकलन २ अर्ब ४६ करोड रुपैयाँ छ भने कर्जा लगानी ३ अर्ब ६१ करोड रुपैयाँ छ।  संस्थाको चुक्ता पुँजी २५ करोड ५० लाख रुपैयाँ छ भने जगेडा कोषमा २३ करोड २७ लाख रुपैयाँ राखेको छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया