तुलसीपुरमा अटो चालकको मृत्यु

शनिबार, २९ बैशाख २०८१, ०९ : २६

काठमाडौं –  सडक दुर्घटनाका घटनाहरु बढ्ने क्रममा तुलसीपुर पनि अछुतो रहेको छैन ।  अटो दुर्घटना हुदा तुलसीपुरमा  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अटो चालक तुलसीपुर–३ पैयाँखोरे निवासी जिवन घर्ती रहेको प्रहरीले जनाएको छ 

प्रहरीका अनुसार तुलसीपुरबाट पैयाँखोरेतर्फ जादै गरेको रा १ ह ५७६९ नम्बरको अटो पैयाखोरमा अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी छ ।।
 

शनिबार, २९ बैशाख २०८१, ०९ : २६

प्रतिक्रिया