ब्रोकर कमिसन घटाउने निर्णयले सेयर बजारमा देखिएन उत्साह, नीति तथा कार्यक्रमपछि केही होला ?

शनिबार, २९ बैशाख २०८१, ०९ : २९

काठमाडाैं - साताभरीमा सेयर बजारमा उत्साह देखापरेको छैन । लगानीकर्तामा आइरहेको निराशाले बजार उत्साहउन्मुख हुने कुनै छाटनदेखिएको हा । अझ यो साता ब्रोकर कमिसन घटाउने निर्णय गरेर अर्थमन्त्री वर्षमान पुनले गुमेको बजारलाई फर्काउने प्रयास गरे पनि सफल भएको देखिएन ।

साताभरीमा  नेप्से परिसूचक ३३.७३ अंक (१.६४%) घटेर १९६६.२३ मा बन्द भएको छ । अघिल्लो साताको तुलनामा १.६८ प्रतिशतले बढेर गत साता परिसूचक १९९८.९६ मा बन्द भएको छ ।  यो साता परिसूचक १९९८ दशमलव ५२ अंकको उच्च र १९५२ दशमलव ९६ बिन्दुमा पुगेपछि ४५ दशमलव ५६ अंकको अस्थिरता देखिएको छ । अघिल्लो साता परिसूचकले ६० दशमलव ६ अंकको अस्थिरता देखाएको थियो ।

सबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार २४ दशमलव ५९ बिन्दुले रु ३.७९ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु १४अर्ब ४९ करोड रुपैयाँका भएको छ । 

सबैभन्दा बढी इन्ट्राडे घाटा आइतबार २४ दशमलव ५९ बिन्दुले रु ३.७९ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु १४.४९ अर्ब रहेको छ । यो साता २ लाख ३७ हजार ९१५ कारोवारबाट ३ करोड ४७ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू. ३,११७,७०२.१५ मिलियन अर्थात रु ३१.१७ खर्ब साताभरीमा  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (स्माटा) सर्वाधिक नाफामा रहेको छ । संस्थाका सेयर मूल्य १२७ रुपैयाँले बढेर ९३० रुपैयाँमा आइपुगेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य २३.२७% ले घटेको छ । कम्पनीको सेयर मूल्य १३८ रुपैयाँले घटेर  ४४५ रुपैयाँमा आइपुगेको थियो ।  कम्पनीले आफ्नो द्दघ.ड% बोनस शेयर समायोजन गरेको छ नेपाल फाइनान्स लिमिटेड यो साताको सबैभन्दा बढी कारोबार गर्ने कम्पनी हो । कुल रु. यो साता ४९.५७ करोडको एनएफएस सेयर कारोबार भएको छ

नेप्से सूचक ५.६३ विन्दुले बढेर १९६६.२३ अंकमा आएको छ । ३ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । पछिल्ला दिनहरुको तुलनामा कारोबार रकम बढेको देखिन्छ । १३ मध्ये १० वटा समूहका सूचक बढेका छन् । सबैभन्दा बढी होटेल तथा पर्यटन समूह ६.९६ प्रतिशतले बढेको छ । 

पछिल्ला दिनहरुमा समग्र नेप्से सूचकले खासै गति लिन नसके पनि समूहगत आधारमा भने नेप्से बढिरेहको देखिन्छ । सेक्टर परिवर्तन हुँदै बजार बढेको छ । यसअघि पालैपालो गर्दै माइक्रोफाइनान्स, फाइनान्स र विकास बैंक लगायतका समूहमा तेजी आएको थियो । आज फेरि होटेल तथा पर्यटन समूहमा राम्रो वृद्धि भएको छ । यसआधारमा बजारले माथितिरकै यात्रा तय गर्न खोजे जस्तो देखिन्छ । 

तर फराकिलो वृद्धिका लागि भने नीतिगत बाधा देखिएको छ । नीतिगत अवरोध हट्ने हो भने नेप्से वृद्धि हुन तयारी अवस्थामा रहेको जानकारहरु बताउँछन् । किनभने बजार घटेको पनि करिब ३ वर्ष भएको छ । समयका आधारमा पनि यो वियर चक्र निकै लामो भइसकेको छ । यस्तै, बैंक ब्याजदर निरन्तररुपमा घटेको छ । बैंक–वित्तीय संस्थामा पर्याप्तमात्रामा तरलता रहेको छ । 

लगातारजसो बजार घट्दा सेयर मूल्य निकै सस्तो भइसकेको छ । यी कारणहरुले बजार माथि जाने आधारहरु तय भएको देखिन्छ । तर मुख्य पक्ष, नीतिगत बाधा नै हो । केन्द्रीय बैंकले कसेको नीतिमा सुधार हुने बित्तिकै बजारले गति लिन सक्ने अवस्था छ । 

धितोपत्र बोर्डले जेठ १ गतेदेखि लागू हुने गरी ब्रोकर कमिसन घटाउने निर्णय गरिसकेको छ । अब केन्द्रीय बैंकले सेयर धितो कर्जामा लगाइएको सीमा र जोखिमभार घटाउने निर्णय गर्यो भने त्यो बजारका लागि निकै सकारात्मक पक्ष हुनेछ । यस्तै, बैंकहरुलाई सेयर बजारमा अल्पकालीन लगानी गर्न दिने बाटो खुला गर्नुपर्ने देखिन्छ । 

जुन कारणबाट बजार घटेको थियो, अब सुधार गर्न पनि सोही कुरा सच्याउनुपर्ने लगानीकर्ताहरुले बताइरहेका छन् । केन्द्रीय बैंकले जेठ १५ भित्र मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने भएको छ ।  आम लगानीकर्ताले आत्मबल गुमाउन हुँदैन। सकेसम्म सबल वित्तीय सूचक भएका कम्पनीहरु छानेर दीर्घकालीन हिसाबले लगानी गर्न सक्नुपर्छ । लाभांश क्षमता राम्रो भएका कम्पनीलेहरु भविष्यमा राम्रो प्रतिफल दिन सक्ने सम्भावना रहन्छ । 

यस दिन ३१३ कम्पनीको ७० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब १७ करोड रुपैयाँसहित कारोबार रकममा नेपाल फाइनान्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र फस्ट माइक्रोफाइनान्स परेका छन् ।


 

शनिबार, २९ बैशाख २०८१, ०९ : २९

प्रतिक्रिया