दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

दुई किलो चाँदीसहित भारतीय नागरिक पक्राउ

शनिबार, २९ बैशाख २०८१, १२ : ५७

काठमाडौँ - झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट प्रहरीले दुई किलो चाँदीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

शुक्रबार साँझ ६ बजेको समयमा बुद्ध एयरको विमानबाट काठमाडौँ जान लागेका भारत उत्तराखण्ड देराजुङका ३० वर्षीया तेन्जिङ छिरिङलाई अबैध रुपमा बोकेको चाँदीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार विमानस्थलमा खटिएको प्रहरी टोलीले छिरिङको झोला चेकजाँच गर्दा लुकाइछिपाई राखेको अवस्थामा दुई किलो पाँच ग्राम चाँदी र २८ हजार पाँच सय भारतीय रुपियाँ बरामद गरेको हो ।

शनिबार, २९ बैशाख २०८१, १२ : ५७

प्रतिक्रिया