कुखुराको चल्लासहित चार भारतीय पक्राउ

शनिबार, २९ बैशाख २०८१, १३ : २४

काठमाडौँ - भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको कुखुराको चल्लासहित चार भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको अस्थाई प्रहरी पोष्ट बमनहर रौतहटबाट खटिएको गस्ती टोलीले यमुनामाई गाउँपालिका–४ स्थित चोकमा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छलेर साइकलमा ल्याउँदै गरेको २७ कार्टुन कुखुराको चल्लासहित चार भारतीयलाई पक्राउ गरेको जिल्ला प्रहरीका डीएसपीले जानकारी दिइन् । डीएसपीका अनुसार चार थान साइकल र चार भारतीयलाई पक्राउ गरेको हो ।

शनिबार, २९ बैशाख २०८१, १३ : २४

प्रतिक्रिया