काठमाडौँ - सिन्धुपाल्चोकको चौतारामा प्राविधिक तथा व्यवसायिक सीप सुरु भएको छ । जिल्ला युवा समिति, सिन्धुपाल्चोकका स्वयम्सेवक रूपक दुलालका अनुसार २० जनाका दरले ब्युटीपार्लर फेसन डिजाइनर र टेलरिङ्ग तालिममा ६० जना सहभागी छन् ।
सिटिइभिटीको मापदण्ड अनुसार ३९० घण्टा सञ्चालन हुने तिनवटै तालिमको चौतारा साँगाचोकगढी नगरपालिका मेयर कृष्ण प्रसाद सापकोटाले शुक्रबार उद्घाटन गरे । निशुल्क सिपमुलक तालिमको उद्घाटन सत्रमा बोल्दै मेयर सापकोटाले व्यवसायीक योजना बनाएर व्यवसाय गर्दा राम्रो हुने सुझाव दिए। यस्तै उपमेयर सिता थापाले सिप सिकेर आत्मनिर्भर बन्न सुझाव दिए ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालय प्रदेश युवा परिषद्ले प्रदेशका सबै जिल्लामा विभिन्न २१ प्रकारका तालिमका लागि आवेदन आह्वान गरेको थियो । समयावधिभित्र आवेदन दिनेमध्ये तीन वटा विषयको तालिमको सहभागी छनौट भएको र अन्य तालिमको लागि समेत सहभागी छनौट गर्ने प्रक्रिया चलिरहेको स्वयम्सेवक दुलालले बताए ।
प्रतिक्रिया