रेखा बनिन ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत

आइतबार, ३० बैशाख २०८१, १२ : ११

काठमाडौँ – ललितपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा रेखा दास श्रेष्ठ नियुक्त भएकी छिन् ।  मन्त्रिपरिषद् बैठकले सहसचिव रेखालाई ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृतमा पठाउने निर्णय गरेको हो । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रादेशिक समन्वय तथा योजना महाशाखा प्रमुख रहेकी रेखालाई ललितपुर पठाएसँगै त्यहाँका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र देव भारती भरतपुर महानगरपालिका सरुवा भएका छन् । 

उपत्यकामा काठमाडौँ महानगर पछि ललितपुर महानगरमा पनि पछिल्लो पुस्ताका युवा प्रशासक प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई सुखद र आशाका रूपमा हेरिएको छ । यतिबेला काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदीप परियारले सम्हाल्दै आएका छन् । 

आइतबार, ३० बैशाख २०८१, १२ : ११

प्रतिक्रिया