काठमाडौं – बलात्कार मुद्धामा खेलाडि र कलाकारपछि निजामति क्षेत्रका अधिकृतहरु पनि तानिन थालेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री कार्यालयमा कार्यरत उपसचिव रुपेशकुमार साह विरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ । मुद्धा दर्ता भएपछि उनी फरार भएका छन्। उपसचिव रुपेशकुमार साहमाथि एक महिनाअघि .२०८० चैत्र ३०) नै बलात्कारको मुद्दा दर्ता भएको थियो।
झण्डै दुई सातादेखि उनी अहिले पनि कार्यालय आउजाउ गरेका छैनन्।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक दीपेन्द्र खरेलका अनुसार, यो घटनामा अनुसन्धान भइरहेको छ।
ती महिलाले गत माघ १८ गते श्रीमान नभएको बेलामा पहिलो पटक बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छिन्।
साथै, नशालु पदार्थ खुवाएर आफूलाई जबरजस्ती करणी गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छिन्।
सिरहाको बरियारपटी गाउँपालिका–४ तेनुवापट्टीका साह मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा करिब ५ वर्षदेखि कार्यरत छन्।
प्रतिक्रिया