८ अंकमाथिले बढ्यो नेप्से

आइतबार, ३० बैशाख २०८१, १५ : ३०

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ८ अंकमाथिले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक ८.२६ अंकले बढ्दै १९७४.५० अंकमा उक्लिएको हो । 

आइतबार कारोबार समेत सवा तीन अर्बमाथिको भएको छ । फाइनान्स, होटल तथा पर्यटन समूह र माइक्रोफाइनान्स समूहको उपसूचक बाहेक बाँकी १० वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी नन् लाइफ इन्स्योरेन्सको उपसूचक २.६४ प्रतिशतले बढेको छ भने आइतबार सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक २.४० प्रतिशतले घट्न पुगेको छ । 
सृजनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य आइतबार १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.४४ प्रतिशतले घट्न पुगेको छ । 

२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार हुँदा आइतबार १२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ वटाको घटेको छ र ७ वटाको स्थिर रहेको छ । 

आइतबार, ३० बैशाख २०८१, १५ : ३०

प्रतिक्रिया