नदीमा डुबेर दुई बालबालिकाको मृत्यु

आइतबार, ३० बैशाख २०८१, १६ : ५१

काठमाडौँ - कैलालीमा नदीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । आइतबार कैलारी गाउँपालिका–८ को लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपीले नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको जानकारी दिए । उनका अनुसार गम्भीर घाइते अवस्थामा खड्काको उद्दार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो । दुवै जनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
 

आइतबार, ३० बैशाख २०८१, १६ : ५१

प्रतिक्रिया