विकल पौडेललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति

आइतबार, ३० बैशाख २०८१, १६ : ५१

काठमाडौं-  सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई थप १० दिन थुनामा राख्न विशेष अदालतले अनुमति दिएको छ।

विशेष अदालतले आइतबार गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा थप अनुसन्धानका लागि उक्त म्याद दिएको हो। उनी अब थप १० दिन अख्तियारको हिरासतमा रहने भएका छन्। उनीमाथि अमेरिकाको पीआर लिइसकेपछि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।

आइतबार, ३० बैशाख २०८१, १६ : ५१

प्रतिक्रिया