करेन्ट लागेर एक जनाको मृत्यु

आइतबार, ३० बैशाख २०८१, १७ : ४९

काठमाडौँ - खेत जोत्ने क्रममा बिजुली अडाएको तारबाट करेन्ट लागेर आज एक जनाको ज्यान गएको छ । नौवहिनी गाउँपालिका–६ छम प्यूठानका २८ वर्षीय सन्तोष परियारको करेन्ट लागेर ज्यान गएको हो।

करेन्ट लागेर घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल विजुवार लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारीले बताए । मृतक परियार केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए । 

आइतबार, ३० बैशाख २०८१, १७ : ४९

प्रतिक्रिया