काठमाडौं - घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६४ करोड २५ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत वर्षको यसैअवधिमा यो कम्पनीले ३ करोड ३९ लाख रुपैयाँ नाफामा थियो ।
यो कम्पनीले आइपीओ निष्कासन गरेपछि सार्वजनिक गरेका प्रायः वित्तीय रिपोर्टहरु खराब नै देखिएका छन् । उत्पादन बिक्रीबाट हुने आम्दानी ३ अर्ब १३ करोडबाट घटेर ३ अर्ब ८ करोड ६२ लाख रुपैयाँ कायम भएको छ । यता, बिक्री लागत भने गत वर्षको भन्दा १३.०२ प्रतिशतले बढेको छ । अन्य आम्दानी घटेको छ । यता, वित्तीय खर्च भने बढेको छ । खर्च बढ्दा र आम्दानी घट्दा कम्पनीले खुद घाटा व्यहोरेको हो ।
४ अर्ब ५६ करोड ७६ लाख ८५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको घोराहीको रिटेन्ड अर्नीङमा २ करोड ७६ करोड रुपैयाँ जम्मा रहेको छ । सेयर प्रिमियममा २ अर्ब ६५ करोड रुपैयाँ देखिएको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने २२० रुपैयाँ ५५ पैसा रहेको छ ।
प्रतिक्रिया