काठमाडौं - मुक्तिनाथ विकास बैंकले धादिङस्थित बद्री विशाल मा.वि. र स्वर्णिम एकेडेमीमा १८२ विधार्थीलाई चाहिन स्टेशनरी सामानहरू वितरण गरेको छ ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका संचालक तथा कर्मचारीहरू, विद्यालयका शिक्षक तथा पदाकारीहरुको उपस्थिति रहेको थियो । यस सहयोगबाट मुक्तिनाथ विकास बैंकले विद्यार्थीहरुमाझ शिक्षा प्रति थप उर्जा ल्याउन मद्दत पुग्ने विश्वास लिएको जनाएको छ । शिक्षा तथा बालबालिकाहरूको हित सम्बन्धी विभिन्न सामाजिक उत्तरदायित्त्व अन्तर्गत कामहरू गर्दै आएको छ ।
प्रतिक्रिया