काठमाडौं – क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेसी जेठ १ गते तोकिएको छ । उनका सर्थकहरु यतिबेला सन्दीपले न्याय पाउनुपर्ने भन्दै सडक आन्दोलन गरिरहेका छन् । उनका समर्थकहरुले सडकमा सन्दीपको पक्षमा निकै उत्तेजक अभिव्यक्ति दिइरहेका छन् । उनको कानूनी टीममा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी जोडिएपछि यो मुद्धा अझै चर्चामा आएको छ । उच्च अदालतमा विचाराधीन मुद्दाका लागि सन्दीपले उनलाई ‘हायर’ गरेका हुन् ।
सन्दीपसँग आधा दर्जन कानून व्यवसायीको टीम छ, जसमा केही कहलिएका नामहरू छन् । पूर्वमहान्यायाधीवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता शम्भु थापाले जिल्ला अदालतमा सन्दीपको पक्षबाट बहस गरेका थिए ।
यस्तै, वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा, मुरारी सापकोटा र सविता भण्डारीलगायत पनि उनको टीममा छन् । टीमको संयोजन भने अधिवक्ता सरोज घिमिरेले गरिरहेका छन् ।
जिल्ला अदालतमा बहस गरेको टीमलाई नै उच्चमा निरन्तरता दिइएको हो ।
प्रतिक्रिया