अशोक राई नेतृत्वको जसपा सरकारमा जाँदै , आजै सपथ

सोमबार, ३१ बैशाख २०८१, १६ : १८

काठमाडौं – उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा जाने भएको छ । जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डसमक्ष नयाँ मन्त्रीमा ३ जनाको नाम सिफारिस गरेको छ ।

उक्त पार्टीका महासचिव मोहम्मद इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झाको नाम बालुवाटारमा बुझाइएको हो । यादवलाई स्वास्थ्यमन्त्री, हसिनालाई स्वास्थ्य राज्यमन्त्री नियुक्तिको तयारी भएको स्रोतले बतायो । त्यस्तै रञ्जु झाको नाम पनि पठाइएको छ । रञ्जु झाको हकमा भने कुन मन्त्रालय खाली गरेर पठाउने भन्ने प्रधानमन्त्री गठबन्धनमा छलफलमा छन् ।

सोमबार, ३१ बैशाख २०८१, १६ : १८

प्रतिक्रिया