मिथिला लघुवित्त वित्तीयको संस्थापक सेयर बिक्रीमा

मंगलबार, ०१ जेठ २०८१, ११ : २६

काठमाडौँ - मिथिला लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखिएको छ । मिथिला लघुवित्तको १० हजार कित्ता  संस्थापक सेयर बिक्रीका लागी मंगलबार सुचना जारी गरेको हो । 

मिथिला लघुवित्तको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ६ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ । यस संस्थाका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय ढल्केवर धनुषामा आवश्यक कागजात संलग्न गरी के कति दर रेटमा खरिद गर्न चाहेको उल्लेख गरी आवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।

मंगलबार, ०१ जेठ २०८१, ११ : २६

प्रतिक्रिया