काठमाडौँ - गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखिएको छ । गोर्खाज फाइनान्सको २० हजार २ सय २४ कित्ता संस्थापक सेयर बिक्रीका लागी मंगलबार सुचना जारी गरेको हो ।
गोर्खाज फाइनान्सको सेयर खरिदका लागि सेयर खरिदका लागि कम्पनीका इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ । तोकिएको समयभित्र खरिद आवेदन नपरे अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अघि बढाइने छ ।
प्रतिक्रिया