इतिहासकार नेपालको निधन

मंगलबार, ०१ जेठ २०८१, १३ : ३०

काठमाडौं - इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार १२ बजे निधन भएको हो । उनलाई  मंगलबार दिउँसो तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टी  गरिनेछ । नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपाल ९२ वर्षको उमेरमा बितेका हुन् ।

मंगलबार, ०१ जेठ २०८१, १३ : ३०

प्रतिक्रिया