सरकारबाट सञ्चालित कार्यक्रमबाट एक हजार नर्सले पाए रोजगार

मंगलबार, ०१ जेठ २०८१, १५ : ००

काठमाडौँ - नेपाल सरकारबाट सञ्चालित ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत एक हजार नर्सले रोजगार प्राप्त गरेका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रममा एक हजार नर्सले रोजगार प्राप्त गरेको बताइन् ।‘एक विद्यालय, एक नर्स कार्यक्रममा एक हजार बढी सरकारी विद्यालयमा एक नर्स राखेको अवस्था छ,’ उनले भनिन्, ‘सङ्घीय मन्त्रालयको बजेटबाट २ सय २७ स्थानका विद्यालयमा नर्स राखिएको अवस्था छ ।’ 

निरौलाले देशभरका सरकारी र निजी गरेर ३४ हजार बढी विद्यालय रहेको बताइन् । ‘सरकारी विद्यालय मात्रै २६ हजार बढी विद्यालय छन्,’ उनले भनिन्, ‘सरकारी र निजी विद्यालयमा एक विद्यालय, एक नर्स कार्यक्रम लागू गर्नसके नर्सिङ जनशक्तिले रोजगारी प्राप्त गर्थ्यो ।’विद्यार्थीका शारीरिक मानसिक स्वास्थ्यलाई प्रमोसन गर्न र सिकाई मैत्री वातावरण बनाउन सम्पूर्ण विद्यालयमा एक नर्स राख्न आवश्यक रहेको उनले बताइन् । 

मंगलबार, ०१ जेठ २०८१, १५ : ००

प्रतिक्रिया