काठमाडौं,– सरकारले अन्तरराष्ट्रिय डिजीटल भुक्तानी खुलाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले अन्तरराष्ट्रिय व्यापारलाई लक्षित गरेर यस्तो बताएका छन् । नेपाल र बिभिन्न देशका भुक्तानी प्रणाली र सेवा प्रदायकको सिस्टमलाई अन्तर आवद्ध गर्ने उनले बताए । त्यसमा विदेशी मुद्रामै भुक्तानी गर्न मिल्ने गरि व्यवस्था गर्ने उनको भनाइ छ ।
समग्रमा सुरक्षित रुपमा अन्तरराष्ट्रिय भुक्तानीको काम गर्न मिल्ने सुविधा ल्याइने उनले बताए ।
व्यवसायको लागत घटाउने गरि कर प्रणालीको सुधार गरिने
सरकारले व्यवसायको लागत घटाउने गरि कर प्रणालीको सुधार गर्ने बताएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संसद्मा आगामी आर्थिक बर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनले राजश्वका थप क्षेत्र पहिचान गरिने पनि बताए । साथै, सबै आर्थिक क्रियाकलापलाई औपचारिक अर्थात् करको दायरामा ल्याउने पनि उनले बताए ।
यसैगरि राजश्व सुशासनको दक्षता बढाउने पनि उनले बताए ।
प्रतिक्रिया