काठमाडौं- साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । मंगलबार बजार २८.६२ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ९८ लाख ५५ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ८८ लाख ५३ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा सुधार आउँदा सबै उपसूचकमा हरियाली छाएको छ ।
उक्त दिन सबैभन्दा बढी सिएचडिसी हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १५ करोड ८१ लाख २ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शाइन रेशुङ्गा डेभलपमेन्ट ११ करोड ६१ लाख ९ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन आरएसडिसी लघुवित्तको ७ करोड ९५ लाख २३ हजार रुपैयाँ, रिडी पावर कम्पनीको ७ करोड ३८ लाख ७९ हजार रुपैयाँ र स्वावलम्बन लघुवित्तको ७ करोड २९ लाख ५९ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया