प्रधानमन्त्री र सभामुखबीच सदन खुलाउने विषयमा गम्भिर छलफल

बुधबार, ०२ जेठ २०८१, ०९ : ००

काठमाडाैँ - प्रधानमन्त्री र सभामुखबीच सदन खुलाउने विषयमा गम्भिर छलफल भएको छ । बुधबार बालुवाटारमा  छलफल गर्दै राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव समेत पारित गर्न नपाएको भन्दै सभामुखले यसलाई गम्भिर रुपमा लिनुपर्ने र सरकारले सदन खुला गर्नेगरी सहमतिमा जुट्न सबैलाई आग्रह गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । संसदको कार्यसूचीमा राष्ट्रपतिलाई धन्यावाद दिने कार्यसूची पनि थियो । तर सहकारीको रकम हिनामिनामा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समितिको माग राख्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वेल घेराउ र नाराबाजी गरेपछि राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित हुन सकेको थिएन ।

यो विषयलाई सभामुखले गम्भीरतापूर्वक लिएको उनको सचिवालयले जनाएको छ । कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न सभामुख घिमिरेले मंगलबारको कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।

बुधबार, ०२ जेठ २०८१, ०९ : ००

प्रतिक्रिया