घट्यो  सेयर बजार, अन्य उपसुचक कस्तो ?

बुधबार, ०२ जेठ २०८१, १५ : ५१

काठमाडौँ- साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । बुधबार बजार ९.५४ अंकले घटेर २०१७ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० वटा उपसूचक राताम्मै भएको छ ।
यस दिन गुराँस लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, ओरेन्टल होटलको ५.५८ प्रतिशत, सिइडिबी हाइड्रोपावरको ४.०३ प्रतिशत, सानिमा मिडल तमोर हाइड्रोपावरको ३.९१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सेयर बजारमा गिरावट आउँदा एक कम्पनीको सेयरमा नकरात्मक सर्किट

सर्वाधिक सेयर कारोबार गर्ने कम्पनीहरु

आजसबैभन्दा बढी पिपुल्स पावर लिमिटेडको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ११ करोड ८९ लाख ९५ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल फाइनान्सको १० करोड ९४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सांग्रिला डेभलपमेन्ट बैंकको ७ करोड ९८ लाख १३ हजार रुपैयाँ, सोनापुर मिनरल्सको ७ करोड ८२ लाख ८२ हजार रुपैयाँ र शिभम् सिमेन्टको ७ करोड १६ लाख १७ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार, ०२ जेठ २०८१, १५ : ५१

प्रतिक्रिया