प्रभु महालक्ष्मीको संस्थापक सेयर बिक्रीमा

विहीबार, ०३ जेठ २०८१, ११ : ५२

काठमाडौँ - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयरमा बिक्रीमा ल्याएको छ । कम्पनीले कुल ३ लाख ५५ हजार ५ सय कित्ता संस्थापक सेयरमा बिक्रीमा ल्याएको हो ।

भानुभक्त ढकालको नाममा रहेको १ लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको १ हजार ५ सय कित्ता र मोहनलाल अग्रवालको नाममा रहेको २ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ । यस सेयरमा जोकोहीले खरिद आवदेन दिन पाउनेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र प्रभु महालक्ष्मीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन पेस गर्नुपर्ने छ ।

विहीबार, ०३ जेठ २०८१, ११ : ५२

प्रतिक्रिया