काठमाडौँ - किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले दुईजना संस्थापक सेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
यस सेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित सात दिनभित्र लघुवित्तको केन्द्रीय कार्यालय लम्कीचुहा, कैलालीमा या बूढानीलकण्ठमा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया