दुर्घटनामा परी हेटौंडा १३ का मुडभरीको मृत्यु

विहीबार, ०३ जेठ २०८१, १२ : १७

काठमाडौँ- बागमती गाउँपालिका– ४ सादेपुलमा बुधबार बेलुका दुर्घटनामा परी ४५ वर्षीय केशव मुडभरीको मृत्यु भएको छ ।

मुडभरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१३ का व्यावसायी तथा पूर्व सञ्चारकर्मी हुन । फापरबारीबाट हेटौँडातर्फ आउँदै गरेको ना ६६ प ९३०३ स्कूटर रड बोकेको ट्याक्टरमा ठोकिएर दुर्घटना हुँदा घाइते भएका मुडभरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको हो ।

 धरान चतरा सडक खण्डमा स्कुटर दुर्घटना भएको खबर पाएपछि प्रहरी चौकी झुरझुरे बाट गएको प्रहरीले घाइतेलाई उपचारको लागि हेटौंडा अस्पताल पठाएको थियो । ईलाका प्रहरी कार्यालय फापरवारी बाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट ३ कि.मि. उत्तर भोर्लेनी बाट काभ्रेको ताल ढुङ्गा जाने भित्री सडक खण्डमा ना ७ त २२५९ नं.को रड बोकेको ट्याक्टर रोकि राखेको अबस्थामा फेला पारेको र सोही ट्याक्टरमा लोड भएको रडमा स्कुटर चालक ठोकिएर दुर्घटना भएको आशंकामा ट्याक्टरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विहीबार, ०३ जेठ २०८१, १२ : १७

प्रतिक्रिया