कोदालो प्रहारबाट एक जनाको हत्या

विहीबार, ०३ जेठ २०८१, १२ : ३६

काठमाडौँ - सिरहामा कोदालोले हानेर एक जनाको हत्या भएको छ । अर्नमा गाउँपालिका-२, ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको हत्या भएको हो । 

बुधराम बिहीबार एकाबिहानै खेतमा काम गर्न गएका थिए । खेतमा पुगेका उनको गर्धनमा कोदालो प्रहार गरी हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाले घटनाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।


 

विहीबार, ०३ जेठ २०८१, १२ : ३६

प्रतिक्रिया