काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अवरुद्ध संसद् खुलाउन तयार भए पनि संसदीय समिति गठनको मागमा भने यथावत रहेको छ ।
सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै आएको कांग्रेस बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि लचक भएको हो।
यो सँगै आजै दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने कांग्रेस सांसद रामहरि खतिवडाले सञ्चारकर्मीहरुलाई जानकारी दिए।
‘पहिला उहाँ (गृहमन्त्री) बोल्नुहुन्छ, त्यसपछि हाम्रो कोही साथीले बोल्नुहुन्छ, त्यही अनुसार सहमति बनेको छ,’ खतिवडाले भने।
कांग्रेसले अवरुद्ध संसद् खुलाएर गृहमन्त्रीलाई बोल्न दिने र त्यसपछि समिति बनाउनुपर्नेबारे आफ्ना माग राख्नेगरी रणनीति अख्तियार गरेको एक नेताले जानकारी दिए।
प्रतिक्रिया