पूर्वप्रधानसेनापति थापाको निधन

विहीबार, ०३ जेठ २०८१, १३ : २५

काठमाडौँ- पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाको निधन भएको छ । नेपाली सेनाका अनुसार उनको बिहीबार बिहान छाउनीस्थित नेपाल सैनिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

थापा स्वास्थ्यमा समस्या आएपछि दुई दिनअघि अस्पताल भर्ना भएका थिए । उनी २०५२ देखि ०५६ सालसम्म नेपाली सेनाको प्रधानसेनापति बनेका थिए ।

विहीबार, ०३ जेठ २०८१, १३ : २५

प्रतिक्रिया