काठमाडौं – सदूरपश्च्मि प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने प्रक्रियामा नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम सांसदहरू विभाजित देखिएका छन् ।
प्रदेशसभामा नाउपा रेशम चौधरी पक्षका सांसदहरूले उभिएर विरोध गरेका हुन् । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदसँगै उनीहरु पनि उठेर विरोध गरेका हुन् ।
नाउपाका २ जना मन्त्री सत्ता पक्षमा रहेका छन् भने अन्य प्रतिपक्षमा रहेका छन् ।
प्रतिपक्षमा नाउपका ५ सांसद र काङ्ग्रेसका सबै सांसद उभिँदा राप्रपा सांसद खेमा बिस्ट भने उभिइनन् ।
प्रतिक्रिया