सीपमूलक वारिस्ता तालिम सुरु

विहीबार, ०३ जेठ २०८१, १५ : ०१

काठमाडौँ - सिन्धुपाल्चोकको चौतारामा बुधबारबाट १५ दिने निःशुल्क कफी वारिस्ता सम्बन्धी तालिम सुरु भएको छ । चौतारा साँगाचोकगढी नगरपालिका भित्रका ४० जनालाई सीपमूलक तालिम दिन सुरु गरीएको हो । 

चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्ण प्रसाद सापकोटाले कफी वारिस्ता तालिमका सहभागिलाइ व्यवसायिक भई आय आर्जनमा लाग्न सुझाव दिएका छन्  । मेयर सापकोटाले भने “तालिम लिएर रोजगारी र ब्यवसाय सँग जोडिन सकिएन भने कुनै अर्थ हुँदैन ।” सिपमुलक तालिम भनेर नगरबाट बजेट विनियोजन हुने तर तालिम अनुसारको व्यवहारमा नदेखिँदा दुख लागेको समेत उनले गुनासो गरे ।  

युवा पुस्तालाई उद्यमतर्फ उन्मुख गराउनका लागि कफी वारिस्ता तालिममा नगरपालिकाले लगानी गरेको जानकारी गराउदै आफुले सिकेको सीपलाई सदुपयोग गर्न सहभागीलाई अनुरोध गरे ।  वैदेशिक रोजगार जादा समेत सीप नहुदा समस्या पर्ने युवाहरुको लागि बारिस्ता कफी बनाउने तालीमले सहज पुग्ने पत्रकार महासंघका अध्यक्ष जिवन प्रसाद श्रेष्ठले बताए । पछिल्लो समय युवाहरू बेरोजगार हुँदै गएको र उनीहरुसँग सामान्य सीप समेत नहुदा बेरोजगार बढ्दै जाने अबस्थालाई मध्यनजर गर्दै  कफी बनाउने इन्टर मिडियड बारिस्ता तालिम प्रभावकारी हुने पुर्व सांसद सुभाष कर्माचार्यको भनाइ छ । युवालाई उद्यमशील बनाउने लक्ष्यसहित चौतारा साँगाचोकगढी नगरपालिका र उद्योग तथा वाणिज्य कार्यालय सिन्धुपाल्चोकको सहयोगमा तालिम सुरु गरीएको अरनिको कृषि तथा पशुपालन फर्मका व्यवस्थापकले बताए  । 
 
 

विहीबार, ०३ जेठ २०८१, १५ : ०१

प्रतिक्रिया