सेयर बजारमा सामान्य सुधार, कारोबार रकम कति ?

विहीबार, ०३ जेठ २०८१, १५ : ३५

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य सुधार आएको छ । बिहीबार बजार ०.७९ अंकले बढेर २०१८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २३ करोड ३८ लाख १६ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा ११ वटा उपसूचक राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट झिनो अंकको सुधार, कारोबार रकम बढ्यो

सबैभन्दा बढि कारोबार गर्ने कम्पनीहरु 
यस दिन सबैभन्दा बढी सिइबिडी हाइड्रोपावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ४३ करोड ९० लाख ५७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको पोखरा फाइनान्सको ११ करोड ८७ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।त्यस्तै उक्त दिन पिपुल्स पावर लिमिटेडको ७ करोड ७२ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ७ करोड २८ लाख २५ हजार रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर मुल्य बढेका कम्पनीहरु
आज हिमालयन लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, श्रीजनशील लघुवित्त र स्वाभिमान लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

विहीबार, ०३ जेठ २०८१, १५ : ३५

प्रतिक्रिया