हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी

विहीबार, ०३ जेठ २०८१, १६ : १३

काठमाडौँ - ललितपुरको कुपन्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालयमा आगलागी भएको छ । 

दशौं साना सहकारीलाई गाभ्दै बनेको हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीको कार्यालय बन्द अवस्थामा रहँदा आगलागी भएको हो ।आगलागीबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन । विद्युत लाइन समेत काटिएको कार्यालयमा कसरी आगलागी भयो भन्ने बारे छानबिन थालिएको जनाइएको छ । 
 
 

विहीबार, ०३ जेठ २०८१, १६ : १३

प्रतिक्रिया