भैरहवामा ४१.४ डिग्री सेल्सियस पुग्यो तापक्रम

शुक्रबार, ०४ जेठ २०८१, ०९ : १३

काठमाडौं- विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।  

मौसम पूर्वानुमान महाशाखाको बिहीबार साँझ ५ बजेको अपडेटअनुसार हाल देशका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा बढी तापक्रम रुपन्देहीको भैरहवामा ४१.४ डिग्री सेल्सियस पुगेको छ । त्यसपछि बाँकेको नेपालगञ्जमातापक्रम ४०।५ र कैलालीको धनगढीमा ४० डिग्री सेल्सियस पुगेको छ ।

अहिले काठमाडौंको तापक्रम २४ डिग्री सेल्सियस रहेको छ भने आज यहाँको अधिकतम् तापक्रम ३० देखि ३१ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

शुक्रबार, ०४ जेठ २०८१, ०९ : १३

प्रतिक्रिया