नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचिकृत

शुक्रबार, ०४ जेठ २०८१, १३ : ०३

काठमाडौं - नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचिकृत भएको छ ।

साविकको नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा गाभ्ने रगाभिने गर्दा १ः१ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य १०० रुपैंयाका दरको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता शेयर सूचिकृत भएको हो । धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेप्सेमा कारोबार हुने गरी संलग्न सम्झौता, शर्तहरु पालना गर्नेगरी जेठ ४ गतेको निर्णायनुसार कम्पनीको रोक्का रहेको सेयर कारोबार फुकुवा गरिएको नेप्सेले जानकारी दिएको छ । नेरुडे मिर्मिरे लघुवित्तको स्टक सिम्बोल ‘एनएमएलबिबिएल’ रहने र नेप्सेले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज ५८७ रुपैंया ८६ रुपैंया तोकेको छ ।
 

शुक्रबार, ०४ जेठ २०८१, १३ : ०३

प्रतिक्रिया