काठमाडौं – प्रतिनिधिसभामा रहेका पाँच विपक्षी दलहरुले संसदीय छानबिन समितिको विषयलाई आफूहरुको बटमलाइन बनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आह्वानमा बसेको प्रतिनिधि सभामा विपक्षी बेञ्चका बस्ने दलहरूको बैठकले तीन विषयमा साझा समझदारी बनाएका ह्ुन्।
कांग्रेस, जनता समाजवादी पार्टी नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०)लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका प्रमुख नेताहरुसँग शुक्रबार (जेठ ४)मा संसद भवन नयाँ बानेश्वरमा छलफल भएको थियो।
‘सहकारी रकम अपचलनबारे संसदीय छानवीन समिति बनाउनुपर्नेमा हामी एक मत छौँ,’ छलफलमका सहभागी कांग्रेस उपसभापति खड्काले नेपालखबरसँग भने, ‘यसमा बटम लाइन नै बनाउने समझदारी बनेको छ।’
‘जुन तरिकाले संसद चल्यो, त्यसमा हामी विपक्षी दलहरुको असहमति रह्यो। सभामुखले त्यस्तो परिस्थिति निर्माण हुने गरी, रोष्ट्रममा गएको, सबै अपोजिसनका माननीयहरु खडा भएका बेलामा हाउसलाई जवर्जस्ती चलाउने जुन काम गर्नुभयो, त्यो बेठिक भयो, त्यो अनुचित रहेको कुरामा सहमत भइयो।’
उनले थपे, ‘यी सबै प्रक्रियामा हामी सबै एकैठाउँमा छौँ भन्ने सन्देश लिएर पाँचै दलको तर्फबाट सभामुखलाई जानकारी पनि गराइयो, भन्नुपर्ने कुरा पनि भनियो।’
संसदीय समिति छानवीन समिति नबनेसम्म संसदका कुनैपनि प्रक्रिया अघि बढ्न नदिने निर्णय भएको लोसपाका बरिष्ठ नेता शरतसिंह भण्डारीले जानकारी दिए।
प्रतिक्रिया