शैक्षिक सुधारमा लाग्यो तुल्सीपुर

शुक्रबार, ०४ जेठ २०८१, १४ : ५३

काठमाडौं– शैक्षिक गुणस्तर सुधारको लागि दाङको तुलसीपुर उपमहानगरपालिकाले विभिन्न योजनाहरु ल्याएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उपमहानगरपालिकाले अभियान नै चलाउने भएको छ । नगर प्रमुख टिकाराम खड्काका अनुसार नगरपालिका भित्रका विद्यालयका प्रधानाध्यापकसँग शैक्षिक गुणस्तर बढाउन करार सम्झौता गरिने भएको छ । त्यससैगरी शिक्षकले प्रधानाध्यापकसँग करार सम्झौता गर्नुपर्ने भएको छ ।

सामुदायिक विद्यालयको स्तर खस्कीदै गएपछि शिक्षकलाई जिम्मेवार बनाउन करार सम्झौत गर्न लागिएको हो । सम्झौतामा शिक्षाको गुणस्तर सुधार्ने प्रतिवद्धता उल्लेख गरिने छ । राम्रो नतिजा ल्याउने विद्यालयलाई प्रोत्सहान गर्न सेवासुबिधा थप गरिने उपमहानगरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकामा ८३ वटा सामुदायिक विद्यालय रहेका छन् । नगरपालिकाको यस योजनाबाट सरोकारवाला तथा स्थानीय बासिन्दाहरुमा अब केही हुन्छ भन्ने आशा जागेको सम्बद्ध पक्षहरुले बताएका छन् 

शुक्रबार, ०४ जेठ २०८१, १४ : ५३

प्रतिक्रिया