मेरोमाइक्रोफाइनान्सको सेयर संरचना परिवर्तन

शुक्रबार, ०४ जेठ २०८१, १५ : ५२

काठमाडौं - मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । कम्पनीमा अब संस्थापक समूहको सेयर स्वामित्व ५९.४ प्रतिशत र सर्वसाधारण समूहको ४०.६ प्रतिशत कायम भएको हो । 

कम्पनीमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या ७८ लाख ४० हजार ८ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा ५३ लाख ५९ हजार २ सय कित्ता सेयर रहेको छ । नेप्सेले १ करोड लाख ३२ लाख कित्ता सेयरको सेयर संरचना परिवर्तन गर्दै अभिलेख राखेको जानकारी दिएको छ ।

शुक्रबार, ०४ जेठ २०८१, १५ : ५२

प्रतिक्रिया