काठमाडौं–आगामी आर्थिक वर्षको लागि सरकारले लिएको नीति तथा कार्यक्रममा दलित समुदायका समस्याकाबारेमा भएको प्रावधानका बारेमा छलफल गरिएको छ । दलित महिला संघ दाङको आयोजनामा दंगीशरण गाउँपालिकाको समन्वयमा आगामी नीति, कार्यक्रम तथा बजेटमा स्थानीय सरकारले समेट्नुपर्ने दलित समुदायका सवालका विषयमा अन्तक्र्रिया गरिएको छ ।
दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका उपाध्यक्ष पिमा वलीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले सामाजिक बिकास र मानवीय विकासले मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो । उहाँले दलित महिलाहरु आफ्नो हक अधिकारको लागि हरेक क्षेत्रमा अगाडि बढ्नुपर्ने बताउनुभयो । आफूहरुले दलितहरुको लागि थुप्रै कामहरु अगाडि बढाएको र नमूना दलित बस्ती विकासका लागि संघबाट ९० लाख माग गरी दंगीशरणको २ र ६ नम्वर वडाका दलित बस्तीको विकासमा काम अगाडि बढाइएको बताउनुभयो ।
दलित संघ दाङकी अध्यक्ष युवा कराराले सदियौंदेखि पिल्सिएको दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउने दायित्व राज्यको रहेको बताउनुभयो ।
प्रतिक्रिया