बढ्याे चर्को गर्मी, केही स्थानमा वर्षाको संम्भावना

शनिबार, ०५ जेठ २०८१, ०६ : ५१

काठमाडाैँ - देशभर विहानैदेखि गर्मी बढेको छ ।  हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको हुँदा केही स्थानमा भने भारी वर्षाको पनि संम्भावना रहेको देखिन्छ ।
 जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी तराई भू भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ। 

दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू भागका थोरै स्थानहरूमा साथै बाँकी पहाडी भू भागमा एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै देशको उच्च पहाडी तथा हिमाली भू- भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। महाशखाका अनुसार आज राति  पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी प्रदेश,  बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्गरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

शनिबार, ०५ जेठ २०८१, ०६ : ५१

प्रतिक्रिया