अखिल नेपाल कम्युनिस्ट पार्टी एकता संयोजन समिति गठन

शनिबार, ०५ जेठ २०८१, ०८ : २४

 काठमाडाैँ-  अखिल नेपाल कम्युन्स्टि पार्टी एकता संयोजन समिति गठन भएको छ । विहिबार बसेको संगठित शक्ति समूहहरुको प्रतिनिधित्व हुनेगरी छरिएर रहेका कम्युनिष्टहरुलाई एकिकृत गर्ने उदेश्यले समिति गठन गरिएको हो । देसमा छरिएर रहेका सम्पूर्ण शोषित(पीडित सचेत जनसमुदायहरु, क्रान्तिकारी व्यक्ति(व्यक्तित्वहरु र संगठित शक्ति(समूहहरुको प्रतिनिधित्व हुनेगरी समिति गठन गरिएको संयोजक नारायण शर्माले बताए । उनले भने,‘ देसमा राष्ट्रियता, जनजीविका र जनवादका  आधारभूत समस्याहरु दिनप्रतिदिन अत्यन्त संवेदनशील, जटिल र गम्भीर हुँदै जाँदा परिस्थिति एकदमै विष्फोटक र विद्रोहात्मक बनेको महसुस भयो ।’

देसका स्थापित र ठुला भनिएका क्रान्तिकारी पार्टी र नेताहरुका साथै अलग(अलग रहेका साना तर सच्चा क्रान्तिकारी पार्टीहरु, समूहहरु र व्यक्ति(व्यक्तित्वहरु आआफ्ना आग्रह र पूर्वाग्रह, दम्भ र अहंकार, जिद्धी र हठ अनि स्वार्थ र संकीर्णताका कारण हालसम्म उल्लेखनीय रूपमा एकीकृत र ध्रुवीकृत हुन नसकिरहेको यो स्थितिमा मालेमाका मूलभूत क्रान्तिकारी सैद्धान्तिक अवधारणामा आधारित हुँदै नेपालको ठोस परिस्थितिमा मौलिक ढङ्गको क्रान्तिको बाटो तय गर्नु र अघि बढ्नु जरुरी भएको विज्ञप्तिमा उल्लेख छ । अलगअलग अस्तित्वमा रहेर संगठित वा स्वतन्त्र रुपमा संघर्षरत देसका सम्पूर्ण क्रान्तिकारीहरुसँग खुला र स्पष्ट रुपमा शीघातिशीघ्र अघि बढाउने समितिको तयारी छ ।

शनिबार, ०५ जेठ २०८१, ०८ : २४

प्रतिक्रिया