काठमाडौँ - म्याग्दीको बेनी नगरपालिकाले विद्यार्थीलाई पढाइसँगै सीप सिकाउन ‘हामी सक्छौँ, हामी गर्छौ कार्यक्रम सञ्चालन गरेको छ । माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन थालिएको हो ।
नगरपालिकाका मेयरले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । यो कार्यक्रमबाट माध्यमिक तहको शिक्षा हासिल गरेपछि विद्यार्थीले आफ्नो रुचिअनुसारको व्यवसाय गरी आयआर्जन र आफ्नो घर, टोल छिमेकमा आवश्यक पर्ने काम गर्न सक्ने बनाउने लक्ष्य राखिएको उनको भनाई छ । हाउस वायरिङ, पलम्बिङ, कपाल काट्ने, अतिथि संस्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायतका सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा एकरएक लाख बजेट उपलब्ध गराएको छ ।
कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरेर सीपमूलक तालिम सञ्चालन गरिएको बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिवले जानकारी दिए । बिहान बेलुका विद्यार्थीको अनुकूल समयमा आलोपालो गरेर तालिममा सहभागि हुने व्यवस्था मिलाइएको छ । बेनी नगरपालिकाको १६ वटा सामुदायिक विद्यालयका दुई हजार जनाभन्दा धेरै विद्यार्थी सीपमूलक तालिममा सहभागी हुने अपेक्षा छ ।
प्रतिक्रिया