चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरियो : चुरोट उद्योग संघ

शनिबार, ०५ जेठ २०८१, १३ : २४

काठमाडौँ - नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले चुरोटमा लाग्ने करबारे भ्रमपूर्ण विज्ञापन प्रचार गरिएको भन्दै आपत्ति जनाएको छ ।

संघका उपाध्यक्ष नवलकिशोर चौधरीले शुक्रबार विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा 'चुरोटमा दक्षिण एसियामै कम कर ज्यानमारा चुरोट प्रति सरकार किन उदार ?'  भन्ने ब्यहोराको विज्ञापनप्रति संघको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।​ चुरोटमा ३३ प्रतिशत मात्र कर भन्ने कुरा तथ्यमा आधारित नभई भ्रामक रहेको संघले स्पष्ट पारेको छ । वार्षिक बजेट तर्जुमा भइरहेको समयमा गलत र भ्रमपूर्ण रुपमा करको दरको अवस्थाबारे गलत प्रचार गरिनु अशोभनीय रहेको संघले जनाएको छ ।​


null

शनिबार, ०५ जेठ २०८१, १३ : २४

प्रतिक्रिया